एसइई-२०८१ः काठमाडौं महानगरमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४४.७७ प्रतिशतले वृद्धि

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

यसमा १७ जनाले ४ जीपीए पाएका छन् ।

यो गएको वर्षभन्दा ४४.७७ प्रतिशत धेरै हो । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेको महानगरपालिकाले जनाएको छ ।

३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको हो । तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको महानगरको शिक्षा विभागले जनाएको छ ।

पछिल्लो ४ वर्षमा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्राप्त ग्रेडमा आधारित नतिजा यस्तो छ ।

३.६१ देखि ४ जीपीए ल्याउने
-२०७८ मा  ८५ जना
-२०७९ मा १५० जना
-२०८० मा ५४५ जना
-२०८१ मा ७८९ जना

३.२१ देखि ३.६ जीपीए ल्याउने
-२०७८ मा ३२५ जना
-२०७९ मा ४८८ जना
-२०८० मा १०५० जना
-२०८१ मा ११४८ जना

२.८१ देखि ३.२ जीपीए ल्याउने
-२०७८ मा ६९७ जना
-२०७९ मा ८०९ जना
-२०८० मा १०८० जना
-२०८१ मा ८९० जना

२.४१ देखि २.८ जीपीए ल्याउने
-२०७८ मा ९६६ जना
-२०७९ मा ९८२ जना
-२०८० मा ३९५ जना
-२०८१ मा २५७ जना

२.०१ देखि २.४ जीपीए ल्याउने
-२०७८ मा १००४ जना
-२०७९ मा ९२३ जना
-२०८० मा १६ जना
-२०८१ मा १६ जना

२ भन्दा कम जीपीए ल्याउने (नट ग्रेडेड)
-२०६८ मा ८६६ जना
-२०७९ मा ५६९ जना
-२०८० मा ८७७ जना
-२०८१ मा ९५६ जना


Leave a Reply

Your email address will not be published. Required fields are marked *