पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्यो
थानकोट ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
मंगलबार (असार १७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ ।
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ ।













