अमेरिका पठाइदिन्छु भन्दै ७५ लाख रुपैयाँ बुझेर झुक्यानमा पार्ने चेकपोष्टका युवा समातिए
थानकोट ।
अमेरिका पठाईदिने प्रलोभन देखाएर मोटो रकम ठगी गरेपछि सम्पर्कविहीन भएका तनहुँका एक जना युवा काठमाडाैंमा समातिएका छन्।
काठमाडौं चन्द्रगिरि नगरपालिका बसोबास गर्दै आएका पाण्डे थरका युवा अमेरिका पठाईदिने प्रलोभन देखाएर मोटो रकम ठगी गरेको आरोपमा समातिएका हुन्।
अभियुक्त पाण्डेले अमेरिका पठाइदिने प्रलोभन देखाउँदै ७५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम ठगी गरी सम्पर्कविहिन भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
प्राप्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ।
प्रहरीले यस प्रकारका प्रलोभनमा नपर्न नागरिकलाई आग्रह गर्दै, यस्ता गिरोहविरुद्ध निगरानी र कानुनी प्रक्रिया कडाइका साथ अघि बढाइने जानकारी दिएको छ।


















