थानकोट-भृकुटीमण्डप-बनेपा रुटमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप

Thankot Times

थानकोट ।

डा. विनोदलाल अमात्यका अनुसार  मेट्रो रेलले काठमाडौं उपत्यकाभित्रका १८ नगरपालिका जोड्न सकिन्छ ।

सिटी सेन्टरबाट ५ वटा लाइनले पूर्व पश्चिम, उत्तर दक्षिण कनेक्ट गर्छ । यो रुट १९२. ५ किमी दुरी छ र जग्गा अधिग्रहणसहित यसको अनुमानित बजेट २५ बिलियन डलर लाग्ने आकलन छ ।

काठमाडौं लाइन अन्तर्गत बनेपा, भृकुटीमण्डप थानकोट एवं पाटनलाइन अन्तर्गत गोदावरी, भृकुटी मण्डप र बुढानीलकण्ठ गरी दुई रुटको दुरी ६२. ५ किमी लामो हुनेछ । यसको बजेट १० बिलियन डलर र निर्माण कार्य सम्पन्न गर्न करिब १२ वर्ष लाग्ने अनुमान छ ।

माथि उल्लेखित दुई रेल लाइन चलाउन ३ हजार ५ सय वर्क फोर्स (कामदार) आवश्यक हुन्छ भने निर्माणका बेला त हजारौंले रोजगारी पाउनेछन् । निर्माण सामग्रीका कम्पनीहरु पनि चल्ने भए । रेलसँगै कमर्सियल युनिट वृद्धि र समग्र जीडीपी नै बढ्ने उनी बताउँछन्  ।

तर, यति ठूलो खर्च कसरी जुटाउने ? डा. अमात्य भन्छन्, ‘प्रत्यक्ष वैदेशिक लगानी, थोरै ब्याजदरमा ऋण (सफ्ट लोन), ग्रीन क्लाइमेट फण्ड, करदाताबाट उठाएको रकम, पब्लिक शेयर, निजी क्षेत्रको लगानी जस्ता श्रोतबाट मेट्रो रेल असम्भव छैन ।’

सन् २०१८ मा मोनोरेल बनाउने भनेर काठमाडौं र ललितपुर महानगरपालिका मिलेर डीपीआर बनाए तर कार्यान्वयन भएन ।

त्यही साल महाप्रसाद अधिकारी सीईओ भएका बेला लगानी बोर्ड नेपालले इष्ट-वेष्ट लाइन बनेपा, धुलिखेलदेखि थानकोटको रुटमा मेट्रो रेल अध्ययनका लागि टेन्डर आह्ववान गरेको थियो तर अगाडि बढेन ।

अनलाइनखबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *