सानेपामा बीच सडकमै गाडी पल्टियाे
थानकोट ।
ललितपुर सानेपा बिहीबार बिहान सडकमै गाडी पल्टिएको छ।
प्रहरीका अनुसार प्रदेश नं. ०३–०१, ०२३ च ६०२७ नम्बरको उक्त सवारी बिहान करिब ९ बजेतिर अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन, तर केही समय सडक अवरुद्ध भएको थियो।
ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट साे गाडी हटाईएको थियो ।


















