बन्दीपुर केबलकारलाई आईपीओ निष्कासन गर्न अनुमति
थानकोट ।
नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एन्ड टुरिजम कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।
त्यस्तै, आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले ‘केयर–एनपी डबल बी रेटिङ पाएको छ ।












