चन्द्रागिरि नगरका शिक्षकलाई स्क्राबल तालिम सञ्चालन गरिँदै

Thankot Times

 थानकोट ।

नेपाल स्क्राबल संघ चन्द्रागिरि नगर शाखाको संयोजकत्वमा चन्द्रागिरि नगरका विभिन्न विद्यालयका अंग्रेजी विषय शिक्षण शिक्षकहरूका लागि स्क्राबल तालिम कार्यक्रम सञ्चालन हुने भएको छ ।

यही असार २१ र २२ गते सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा सञ्चालन हुने सो तालिम कार्यक्रममा ६० वटा विद्यालयबाट १-१ जना शिक्षकहरू सहभागी हुने तयारी गरिएको चन्द्रागिरि स्क्राबल संयोजक शारदा श्रेष्ठले जानकारी दिइन् ।

तालिम पश्चात सहभागी सबै विद्यालयका लागि स्क्रबल बोर्डसमेत हस्तान्तरण गरिनेछ ।

चन्द्रागिरि नगरपालिकालको प्राविधिक सहयोगमा सो दुई दिने तालिम कार्यक्रम आयोजना हुन लागेको हो ।

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *