बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुर्जुधाराबाट पक्राउ
थानकोट ।
नेपाल प्रहरीले शुक्रबार काठमाडाैंको गुर्जुधाराबाट एकजना युवालाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बैकिङ कसुर मुद्दामा फरार रहेका सुनिल लामालाई सो कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनीमाथि ३७ लाख रुपैयाँ बिगो मागिएको थियो ।
लामालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












