रिब्स माविमा यस वर्षबाट कक्षा ११ मा पनि पठनपाठन हुने
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रकै अग्रणी संस्थागत विद्यालय मध्येको एक रिब्स माविले यस शैक्षिक वर्ष (२०८२) बाट कक्षा ११ मा पनि पठन पाठन सुरु गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले यसवर्ष कक्षा ११ मा विभिन्न छ वटा विषयमा पठन पाठन सुरु गर्न लागेको विद्यालयले जनाएको छ ।
जसअनुसार विद्यालयमा लेखा (एकान्टेन्सी), कम्प्युटर विज्ञान (कम्प्युटर सायन्स), होटल व्यवस्थापन (होटल म्यानेजमेन्ट), व्यापार अध्ययन (बिजनेश स्टडीज), अंग्रेजी र अर्थशास्त्र (इकोनोमिक्स) विषयमा अध्यापन गरिने रिब्स माविका निर्देशक मिलन गुरुङले जानकारी दिए ।

रिब्स मावि भाैतिक संशाधनका दृष्ट्रिले समेत चन्द्रागिरि नगरमा उदाहरणीय विद्यालयका रुपमा परिचित छ जहाँ हाल पूर्वप्राथमिक तहदेखी कक्षा १० सम्म करिब १२०० जना विद्यार्थी अध्ययनरत छन् ।













