असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन् ।

शनिबार एक समारोहका बीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षी स्थित असन प्रवेशद्वारमा निर्माण गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।

बालेनले हालसम्म काठमाडौँ महानगरपालिकाको बजेट भने ल्याउन सकेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको विवादका कारण उनले कार्यपालिका बैठक समेत बोलाएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ