बैंकको १ प्रतिशतभन्दा बढी सेयर हुनेलाई ऋण नदिने हो भने समय तोक्नुपर्छ: सांसद केसी
थानकोट ।
सांसद राजेन्द्र कुमार केसीले बैंकमा एक प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुनेलाई ऋण लिन नपाउने व्यवस्था गर्दा समय तोक्नुपर्ने बताएका छन् ।
आइतबार संसद्को अर्थ समितिको बैठकमा उनले अहिले नै यो व्यवस्था लागु गर्दा समस्या उत्पन्न हुने बताए ।
सम्वद्ध व्यक्ति भनेर गरिएको परिभाषा पनि पहिलेकै राख्नुपर्ने उनको भनाइ छ ।
“जुन एक प्रतिशतभन्दा बढी सेयर भएका सञ्चालकहरूको परिवारको परिभाषा छ, यसलाई संशोधन गर्नु जरुरत छैन् । पहिले कै ठिक छ,” उनले भने, “एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाइने व्यवस्था नै गर्ने भए पनि समय अवधि ५-१० वर्ष राख्नुपर्छ कि जस्तो लागेको छ ।”
यस व्यवस्थाले अर्थतन्त्र चलायमान नहुने चिन्ता उब्जिएको उनी बताउँछन् । सम्बन्धित व्यक्तिसम्बन्धी भएका बुँदा अनावश्यक भएको उनको भनाइ छ ।












