भानु जयन्तीको अवसरमा चन्द्रागिरि प्याब्सनको संयोजनमा जिल्लाव्यापी कविता लेखन कार्यक्रम हुँदै

Thankot Times

थानकोट ।

आदिकवि भानुभक्त आचार्यको २१२ औ जन्मजयन्तीका अवसरमा काठमाडाैं जिल्ला प्याब्सनको आयोजना तथा चन्द्रागिरि नगर प्याब्सनको संयोजनमा काठमाडाैं जिल्लाव्यापी कविता लेखन तथा वाचन कार्यक्रम आयोजना हुने भएको छ ।

प्रतियोगितामा काठमाडाैं जिल्लाका १० वटा स्थानीय तहका प्याब्सनका सदस्य विद्यालयले भाग लिने बुझिएको छ ।

जसअनुसार जिल्लाका ४५ विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ र तेस्रो स्थान हात पार्नेले ५ हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक धन बहादुर पुनले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन असार २५ गते सम्म नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

कविता लेखन तथा वाचन कार्यक्रम आदिकवि भानुभक्त आचार्यको जन्मदिवस असार २९ गते आयोजना हुन चन्द्रागिरि नगर प्याब्सन अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

भानुजयन्तीका अवसरमा काठमाडाैं प्याब्सनले विगत तीन वर्षदेखी विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *