ट्रफी बोकेर स्वदेश फर्कियो एसीसी यू-१६ इस्ट जोन कप च्याम्पियन बनेको नेपाली टोली

Thankot Times

थानकोट ।

एसीसी पुरुष यू-१६ इस्ट जोन कपको च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोली आइतबार राति स्वदेश फर्किएको हो ।

खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको जित निकाल्दै च्याम्पियन बनेको थियो ।

नेपाल लगातार दोश्रो पटक प्रतियोगिताको विजेता बनेको हो ।

तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *