सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो चार कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

Thankot Times

थानकोट ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सोमबार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने ग्रीन लिफ प्रालि,  शिवम् कन्स्ट्रक्सन,  डि.जी. इगल कन्स्ट्रक्सन र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.लाई कालोसूचीमा राखिएको हो।

यी चार वटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ