थापाथली पुलमुनि मृत भेटिए हरि

Thankot Times

थानकोट ।

ललितपुरको कोपुन्डोल र काठमाडौंको थापाथली जोड्ने बागमती पुलमुनि एक युवक मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

छारे रोगको समस्या रहेका उनी सुकुम्बासी बस्तीमा बस्ने गर्दथे।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ