त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.अर्याल नियुक्त

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

शिक्षा मन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले यहि असार २३ गते प्रधानमन्त्री एवं कुलपति समक्ष उपकुलपतिका लागि दिपक अर्याल, खड्ग के.सी. र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

गत १५ चैतमा प्रा.डा. केसरजंग बरालले त्रिविको उपकुलपतिबाट राजीनामा दिएपछि सो पद पद रिक्त भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *