काठमाडाैं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई धरौटीमा छाड्न आदेश

Thankot Times

थानकोट।

विशेष अदालतले सहसचिव एवं काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिएर बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *