काठमाडाैं महानगरका मेयर बालेनले बोलाए कार्यपालिका बैठक

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् ।

शुक्रबार (असार २७) दिउँसो बस्ने गरी उनले कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।

सात महिनापछि काठमाडाैं महानगर कार्यपालिका बैठक बस्न लागेको हो ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *