तीनथानामा आङ नै सिरिङ्ग हुने दुर्घटना, थानकोट निवासी मोटरसाइकल चालकको ज्यान गयो

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत  कलंकी-थानकोट सडक खण्डको तीनथानास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

यो पनि पढ्नुहोस् 

चन्द्रागिरिमा सडक बत्ती मर्मत गर्ने क्रममा दुर्घटना, एक जनाकाे ज्यान गयाे

करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय हुन् ।

शुक्रबार बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो सो पश्चात उक्त मोटरसाइकल बागमती प्रदेश-०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किन पुगेको बताइएको छ ।

सो क्रममा उक्त स्कुटरका चालक धादिङ धुनिवेशी वडा नम्बर-९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् ।

उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *