नेपाली बजारमा सुनको कारोबार पुनः सुचारु

Thankot Times

थानकोट।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।

आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  असार १९ मा भने चाँदीको मूल्य २ हजार १ सय ७० रुपैयाँ कायम थियो । यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए । तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *