४५ सेकेन्डमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक
थानकोट ।
काठमाडौँ महानगरपालिकाकाे कार्यपालिका बैठक एक मिनेट नबित्दै सकिएको छ ।
महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे कार्यपालिका बैठक एक मिनेटभित्रै सकिएकाे हाे ।
नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।














