साफ यू-२० महिला च्याम्पियनशिपः नेपालको विजयी शुरुवात, भुटान ६-१ ले पराजित

Thankot Times

थानकोट ।

बंगलादेशमा शुक्रबारबाट सुरु भएको साफ-यू २० महिला च्याम्पियनशिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

स्थानीय बसुन्धरा किङ्ग्स एरिनामा शुक्रबार साँझ भएको खेलमा नेपालले भुटानमाथि ६-१ गोलको जीत निकाल्यो ।

नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन ।

सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।

भुटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन ।

खेलको १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४५औं मिनेटमा सेनुले दोस्रो र तेस्रो गोल गरिन् ।

नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

त्यसैगरी खेलको ५४औं मिनेटमा भुटानले एक गोल फर्कायो । भुटानका लागि  केल्देनले गोल गरिन् ।

खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्‍याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।

त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले भोलि आइतबार घरेलु टोली बङ्गलादेशसँग खेल्ने छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान र श्रीलंकाले भाग लिएका छन् ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *