बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

Thankot Times

थानकोट ।

बैतडीको पाटन-६ खिपालीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सू प प्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज (शनिबार) बिहान साढे पाँच बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र त्यही ठाउँका ३२ वर्षीय किरण बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

दुर्घटनमा परी अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उहाँकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको  प्रहरी निरीक्षक पाण्डेयले बताए ।

घाइतेमध्ये राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *