बागमतीका १३ वटै जिल्ला खेलकुद विकास समितिबीच ब्याडमिन्टन प्रतियोगिता सुरू

Thankot Times

थानकोट।

चितवनमा शनिबारदेखि कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।

चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका छन् ।

तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद विकास समितिका कर्मचारीहरु सहभागी भएको काठमाडाैं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले जानकारी दिए ।

कर्मचारी तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको भनाइ छ ।

यस्तै, आज नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

जसमा २४ टोली सहभागी रहेको समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए ।

प्रतियोगितामा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद विकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद विकास समितिबाट २ टिम सहभागी छन् ।

यस्तै, बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुदविकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *