पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

Thankot Times

थानकोट ।

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव अस्पतालमै राखिएकाे छ

परिवारका एक सदस्यका अनुसार आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ ।

इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।

उनका दुई छोरी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ