नेपाली बजारमा बहुमुल्य धातुको भाउ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

यसदिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बजारमा छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँ कायम छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि केही वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यस दिन चाँदीको भाउ प्रति तोलामा ६५ रुपैयाँले बढेको छ । जसअनुसार यस दिन चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको 


Leave a Reply

Your email address will not be published. Required fields are marked *