काठमाडौं महानगरको बजेट आज नगर सभामा पेश गरिने
थानकोट।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगरसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको बैठकले आजै बस्ने नगरसभामा आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
“कार्यपालिका बैठक सकिएको छ । आजै बजेट नगरसभामा पेस हुन्छ । त्यसपछि बजेटमाथि छलफल सुरु हुन्छ,” उनले भने ।
महानगरको नगरसभा बैठक आजै दिउँसो २ बजेका लागि तय गरिएको छ ।
महानगरको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउन सिफारिस गरेको थियो ।


















