काठमाडाैं उपत्यकामा कार्यरत डीएसपी र इन्स्पेक्टरहरूको ‘ड्युटी आवर’ घटाउने निर्णय

Thankot Times

थानकोट।

काठमाडौँ उपत्यकाको प्रहरी वृत्त र प्रभाग इन्चार्जको ‘ड्युटी आवर’ ( कार्य समय) घटाउने निर्णय गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयले सो निर्णय गरेको हो ।

प्रहरी वृत्तमा इन्चार्ज हुने डीएसपीहरु यसअघि राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो ।

प्रहरी प्रभागको कमान्ड गर्ने इन्स्पेक्टर पनि मध्यराति १२ बजेसम्म खटिन्थे । सो अवधि दुई घण्टा घटाउने निर्णय गरिएको हो ।

असार २३ मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बसेको प्रहरी वृत्त, प्रभाग तथा ट्राफिक प्रहरी प्रमुखहरु र अपरेसन कमाण्डरहरु समेतको छलफलपछि सो निर्णय गरिएको हो ।

उपत्यका प्रहरी कार्यालयको नयाँ कार्ययोजना अनुसार रात्रिकालीन चेकिङ जनपद र ट्राफिक प्रहरीले संयुक्त रूपमा गर्नुपर्ने छ ।

भीभीआईपीको सवारी हुँदा ‘रोड प्रोटेक्सन’ ड्युटीमा डीएसपीहरुलाई परिचालन नगर्ने निर्णय गरिएको छ । रोड प्रोटेक्सनमा अब इन्स्पेक्टर वा जुनियर प्रहरी अधिकृतहरू मात्र खटिन्छन् ।

उपत्यका प्रहरी कार्यालयले पठाएको सर्कुलरमा भनिएको छ, ‘भीभीआईपीहरुको रोड प्रोटेक्सन सम्बन्धमा सम्बन्धित एरियाको रुटमा पर्ने प्रहरी युनिट बाहेक अन्य युनिटबाट थप मद्दत खटिँदा अवस्था हेरेर इन्स्पेक्टर तथा  जुनियर अधिकृतको कमान्डमा ड्युटी खटाउने ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ