करारका कर्मचारी हटाउँदै स्थानीय तहहरू, चन्द्रागिरिमा कार्यरत छन १८७ जना करार कर्मचारी
थानकोट ।
देशका विभिन्न स्थानीय तहहरूले करारमा भर्ना गरिएका कर्मचारीहरू धमाधम हटाउन थालेका छन् ।
स्थानीय तह अन्तर्गतका शिक्षा,स्वास्थ्य, कृषि तथा अन्य शाखामा रहेका करारका कर्मचारीहरूलाई दार्चुलाको शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाले साउन १ देखि हटाउने हटाउन भएका हुन् ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा करारका कर्मचारीलाई हटाउनुपर्ने प्रावधान रहेकाले करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले बताए ।
उनले भने, ‘ऐनको दफा १५ को उपदफा (१)मा ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने र उपदफा (३) बमोजिम कार्यालयलाई अति आवश्यक भएमा मन्त्रालयको अनिवार्य सहमतिमा स्वीकृत दरबन्दीको पदमा प्रचलित कानुन बमोजिम करारमा नियुक्त गर्न सकिने भनी लेखिएकोले सहमति प्राप्त नहुन्जेलसम्म साउन १ देखि करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगर्न भनिएको हो’ ।
हेर्नुहोस् सूचनाः

महालेखा परिक्षकको पछिल्लो प्रतिवेदन अनुसार चन्द्रागिरि नगरमा हाल विभिन्न पदमा १८७ जना कर्मचारी करार सेवामा कार्यरत छन् ।
हेर्नुहोस् प्रतिवेदनः

स्रोत सामाजिक सञ्जाल ।












