काठमाडौं महानगरको बजेट असार ३२ गते पारित गरिने
थानकोट ।
काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते बुधबार पारित गरिने भएको छ ।
त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नगर सभा बैठक बोलाएका छन् ।
महानगरले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठकमा सो बजेट पेश गरेकी हुन् ।
सो सँगै आइतबारको नगर सभा बैठक सकिएको छ ।


















