साफ यु-२० महिला च्याम्पियनसिप: इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल पराजित

Thankot Times

थानकोट ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–२ ले पराजित भएको छ ।

बंगलादेशको बसुन्धार किङ्स मैदानमा नेपालले दुई गोलले पछि पर्दा पनि बराबरी गर्दै अंक खोसे तयारी गरेको थियो । तर, अन्तिम सेकेन्ड सम्हालिन नसक्दा नेपा गोल बेहोर्न पुगेको हो । दुई खेलबाट ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा उक्लिएको थियो ।

बंगलादेशको जितमा सिन्हा शिखा, सागोरिका र श्रीमोती तृश्ना रानीले समान एक गोल गरेका हुन् । नेपालको लागि डिफेन्डर अनिशा राई र मिना देउवाले समान एक गोल फर्काए ।

खेलको ५७औं मिनेटमा दुबै टोली दश खेलाडीमा सिमित भएका थिए । नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिकालाई सिधै रातो कार्ड देखाइएको थियो । दुबैले एकअर्कालाई हात हालाहाल गरेपछि भुटानी रेफ्री छिरिङ याङखेले सिधै रातो कार्ड देखाएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *