कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु

Thankot Times

थानकोट ।

खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका-६ चोभारमा आइतबार भएको सो घटनामा मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ