सुनको भाउ सोमबार पनि उकालो लाग्यो
थानकोट ।
कारोबार हुने यो साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनको भाउ प्रति तोला ४ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ३०० रुपैयाँमा कायम भएको जनाएको छ ।
हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
सोमबार चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।












