बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा, छानबिन गर्न समिति गठन

Thankot Times

थानकोट ।

सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न  समिति बनाएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए ।

उक्त समितिमा बीमा विज्ञ कपिल ओली र एकजना अर्थशास्त्री  छन् ।

सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझाको कार्यक्षमता र पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिन समिति गठन गरेसँगै उनी निलम्बित भएका छन् ।

समितिको गठनसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका हुन् ।

बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार, अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

अध्यक्ष ओझामाथि फर्जी कागजात पेश गरी पद प्राप्त गरेको भन्ने आरोपमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *