अमेरिकामा चार जना नेपाली विद्यार्थी सवार कार रुखमा ठोकियो, दुई जनाको घटनास्थलमै मृत्यु

Thankot Times

थानकोट ।

अमेरिकामा भएको एक कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ ।

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।

अमेरिकामा भारी वर्षा आँधी बेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ ।
कार एक रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *