मध्यरातमा पर्खाल सडकमा खसेपछि काठमाडौं-टोखा-नुवाकोट सडक खण्ड अवरुद्ध

Thankot Times

थानकोट ।

काठमाडौंबाट टाेखा हुँदै नुवाकोट जाने सडकखण्ड अवरुद्ध भएको छ ।

सडकको पर्खाल भत्किँदा सडक अवरुद्ध भएको हो ।

गएराति साढे १२ बजे काठमाडौंको टोखा नगरपालिका–२ टोखास्थित नुवाकोट जाने सडकखण्डको ठूलो लाछीनजिक वर्षाको कारणले सडक किनारामा रहेको पर्खाल भत्किँदा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

उक्त सडकखण्डमा दुई पांग्रे सवारीसाधन मात्र आवतजावत गर्न सक्ने तर चारपांग्रे र ठूला सवारीसाधन रोकिएको प्रहरीले बताएको छ ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *