साफ यु-२० महिला च्याम्पियनसीपः मीना देउवाको ह्याट्रिक, श्रीलंकाको पोष्टमा नेपालको ७ गोल

Thankot Times

थानकोट ।

जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कामाथि सहज जित हात पारेको छ ।

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिना वर्षाले प्रभावित भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो ।

नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् ।

यस्तै पुर्णिमा राईले दुई, समिक्षा मगर र सरिताकुमारी नाथले समान एक-एक गोल गरे ।

यो जीतसँगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ ।

जीतविहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन् ।

तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ ।

दुई खेलमा ३ अङ्कसहित भूटान तेश्रो स्थानमा छ ।

मंगलबार नै भएको दिनको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई ४–१ गोलले हरायो ।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।

डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । अब नेपालले बिहीबार श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *