नेपाल आयल निगम थानकोट डिपोका प्रमुख फेरिए, साह गए यादव आए

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले मातहतका तीनवटा डिपो प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुखमा उपनिर्देशक जगदिश यादवलाई पठाइएको छ। यहाँ कार्यरत उपनिर्देशक अशोक साह दुईवर्षे कार्यकाल पूरा गरेर केन्द्रीय कार्यालय पुगेका छन्।

यादव तीन वर्षअघि भैरहवा डिपो प्रमुख हुँदा पूरा कार्यकाल नबिताई केन्द्रीय कार्यालय पुगेका थिए।

थानकोट डिपोमा आउन इन्दु शर्मा, अभिषेक ठाकुरलगायतका कर्मचारी दौडमा थिए।

तर, व्यवस्थापनले यादवलाई थानकोट डिपो प्रमुखको जिम्मेवारी दिएको हो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *