नागढुंगा सुरुङ मार्गका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने नेपाल सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थ मन्त्रालयको प्रस्तावमा असार ३० मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

असार २३ मा र असार ३० मा बसेको मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्यो हेर्नुहोस्:


Leave a Reply

Your email address will not be published. Required fields are marked *