घुससहित मेयर रंगेहात पक्राउ

Thankot Times

थानकोट ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतका अनुसार दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *