नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ मा बस्ने
थानकोट ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ ।
असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकको एजेन्डा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषय रहेको पौडेलले जानकारी दिए ।
‘स्थायी समिति बैठक १६ गते बस्ने निश्चित भयो । जागरण अभियानको समीक्षा, केन्द्रीय समिति बैठकको तयारी, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ’, उनले भने ।
एक वर्षपछि माओवादीको स्थायी समिति बैठक बस्न लागिएको हो । गतवर्ष साउनको अन्तिम साता बैठक बसेको थियो । अघिल्लो वर्ष उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, समस्या र समाधानको विषयमा १४ बुँदे प्रस्ताव पेस गरेका थिए ।













