महानगर यातायातका बिजुली बस थानकोट रुटमा तत्काल नगुड्ने

Thankot Times

थानकोट ।

महानगर यातायात प्रालिले  बुधबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

१२ वटा ती विद्युतीय बस अब काठमाडाैं चक्रपथभित्र सञ्चालन हुनेछन्।

महानगर यातायात कम्पनीका बसहरू हाल थानकोट गोदाम चोक हुँदै बनेपा-धुलिखेलसम्म तथा काठमाडाैं चक्रपथ फेरो मारिरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुधबार एक कार्यक्रका बीच महानगर यातायातको विद्युतीय बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’  सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए।

महानगर यातायात प्रालि पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको कम्पनीको दाबी रहँदै आएको छ ।

कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *