आजबाट आईएमई पे र खल्तीबीच एकिकृत कारोबार सुरु हुँदै, ब्राण्डिङ ‘आईएमई खल्ती लिमिटेड’

Thankot Times

थानकोट ।

आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर बनेको ‘आईएमई खल्ती लिमिटेड’को एकिकृत कारोबार आज बिहीबारबाट सुरु हुँदैछ ।

दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै बिहीबारबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका थिए ।

दुई संस्था मर्ज भएर साबिकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

अब दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार बिहीबारबाटै एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन भुक्तानी तथा फछ्यौट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *