सुन चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार भएको छ ।
आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।












