प्रचण्डका निजी सुरक्षाकर्मी फेरिए

Thankot Times

थानकोट ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी दिपक सुवेदीलाई खटाएको छ  ।

सुवेदी केन्द्रीय विपद् कार्यदलमा कार्यरत थिए ।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सिद्धराज न्यौपानेलाई सरुवा गरिएको छ ।

उनलाई सिंहदरबार सुरक्षा गणमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए ।

न्यौपाने ३ वर्षपछि सरुवा भएका हुन् ।

उनलाई प्रधान कार्यालयले २०७९ साउनमा प्रचण्डको पिएसओ (पर्सनल सेक्युरिटी अफिसर)को रूपमा पठाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *