नेपाल प्रेस युनियनमा ६ जना केन्द्रीय सदस्य मनाेनीत
थानकोट।
नेपाल प्रेस युनियनले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।
युनियनको विधान २०४८ (छैटौ संशोधन २०७९ ) को धारा (२१) को (क) बमोजिम तपशिलका पत्रकारहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।
मनोनीत हुनेहरु शिव पुरी (रौतहट), पोषनाथ अधिकारी (धादिङ्ग), बिनोद कुमार मल्ल (मुगु), रविन्द्र सिंह (बारा), जित बहादुर भण्डारी (पाँचथर) र दिपेन्द्र बस्नेत (कञ्चनपुर) रहेका छन् ।


















