नेपालमा टेलिग्राम एप बन्द गर्न सरकारको निर्देशन
थानकोट ।
सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो ।
उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ ।
प्राधिकरणले एप तत्काल बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ ।
टेलिग्राम युवाबीच निकै लोकप्रिय एप हो ।
यसमा विभिन्न फिल्म लगायतका सामग्री आदानप्रदान हुने गरेको थियो ।












