तास खेलिरहेको अवस्थामा गुर्जुधारा क्षेत्रबाट १३ जना समातिए, फेला पर्यो १ लाख २८ हजार
थानकोट ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले चन्द्रागिरि नगरपालिका गुर्जुधारा नजिकैबाट १३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंद्वारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार चन्द्रागिरि नगरपालिका-११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसमेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गुर्जुधारास्थित एकता बस्तीक्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले थानकोट टाईम्सलाई जानकारी दिए ।
प्रतिकात्मक तस्बिर












