कीर्तिपुरका सकेश महर्जन अझै सम्पर्कविहिन, मच्छेगाउँमा भेटियो उनी चढ्ने निलो मोटरसाइकल

Thankot Times

थानकोट ।

कीर्तिपुरका व्यवसायी सकेश महर्जन चार दिनदेखि सम्पर्क विहिन छन् ।

असार ३१ गते मंगलबार बिहान करिब पौने १२ बजे कीर्तिपुर नगरपालिका वडा नं. ९ छुगाउँस्थित घरबाट निस्किएका ५० वर्षीय सकेशले हाँक्ने मोटरसाइकल मच्छेगाउँमा फेला परेको छ ।

सकेशले चढ्ने मोटरसाइकल मच्छेगाउँस्थित शान्ति याेगा आश्रमनजिकै रोकिएको अवस्थामा भेटिएपछि हाल उक्त मोटरसाइकल प्रहरी प्रभाग मच्छेगाउँले नियन्त्रणमा लिएको छ ।

मच्छेगाउँका स्थानीय युवाहरुले सकेशलाई मंगलबार दिउँसो १२ बजेतिर मोटरसाइकल रोकेर उभिएको देखेको बताएका छन् ।

सकेशका परिवारजनले उनको खोजीका लागि सबैमा अनुरोध गरेका छन् ।

अपडेटः महर्जन साउन ८ गते बिहीबार मध्यान्ह चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित शान्ति वन क्षेत्रमा मृत फेला परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *