पिपलामोडमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, सडक अवरुद्ध, उद्दार कार्य जारी
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत पिपलमोड क्षेत्रमा शुक्रबार राति सवारी दुर्घटना भएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाका अनुसार विद्युत ट्रान्सफर्मरमा प्रयोग हुने तेल लोड भएको भारतीय नम्बर प्लेटको ट्याङ्कर दुर्घटना भएको हो । सो क्रममा एक जना घाइते भएका छन् ।
करिब ९ बजे पिपलमोडस्थित सडक खण्डमा भारतीय नम्बर प्लेट एनएल ०१ जी ९०१० नम्बरको २२ चक्के, ट्याँकर अनियन्त्रित भई दुर्घटना भएको हो। सो पश्चात ट्याङ्कर सडकबाट तल खसेको छ । दुर्घटनापछि ट्याँकरका चालक र सहचालक फरार छन् ।
उक्त ट्याङ्करले बागमती प्रदेश ०१-००४ का-०५४९ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।
ठक्करबाट ट्रक चालक घाइते भएका छन्।
दुर्घटनापछि सडकमा सवारी आवागमन अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउने कार्य भइरहेको ट्राफिक प्रभाग नागढुङ्गाले जनाएको छ ।
दुर्घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।
अपडेटः राति १०ः३० बजेबाट सवारी सञ्चालन सुचारु भएको ट्राफिक प्रहरीले जनाएको छ ।












